शिक्षाको अर्थ, परिभाषा, स्वरूप, उद्देश्य, सक्षमता र कार्यहरु - शिक्षासम्बन्धी आधारभूत ज्ञान
शिक्षाको अर्थ, परिभाषा, स्वरूप, उद्देश्य, सक्षमता र कार्यहरु - शिक्षासम्बन्धी आधारभूत ज्ञान खण्ड ख : शिक्षासम्बन्धी आधारभूत ज्ञान शिक्षाको अर्थ, परिभाषा, स्वरूप, उद्देश्यहरु र कार्यहरु शिक्षाको अर्थ र परिभाषा - शिक्षा भनेको मानिसलाई पूर्ण बनाउने एउटा प्रक्रिया हो, जुन जन्मदेखि मृत्युसम्म चलिरहन्छ । जीवनपर्यन्त चलिरहने सिकाइ प्रक्रिया शिक्षा हो, जसले मानिसको सर्वाङ्गीण विकासलाई सम्भव बनाउँछ र समाजमा योग्य एवम् सक्षम व्यक्तिको भूमिका निर्वाह गर्न सक्ने बनाउँछ । - वास्तवमा शिक्षा सामाजिक विकासको एउटा प्रक्रिया हो । शिक्षा मानवीय परिवर्तनको प्रमुख तत्त्व हो । तसर्थ व्यक्तिको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक, सांस्कृतिक, नैतिक, भौतिक आदि हरेक क्षेत्रको सर्वाङ्गीण विकास गराउनु नै शिक्षाको कार्य हो । यसरी शिक्षा भन्नाले मानिसमा भएको क्षमताको विकास गर्नु, योग्य र सक्षम नागरिक बन्न सिक्नु, ज्ञान, सीप आर्जन गरी असल स्वभावको निर्माण गर्नु तथा समाजमा मिलेर बस्न सक्ने क्षमताको विकास गर्नु भन्ने बुझिन्छ । - शिक्षा सामान्य अर्थमा व्यक्तिको त्यो सबै एकीकृत प्रक्रिया हो, जसमा व्यक्तिले आफ...